Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पठनपाठन थाल्ने तयारी

हाम्रो कोशी आवाज
चैत्र १३ २०७९, सोमबार
कोशी प्रदेशमा रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पठनपाठन थाल्ने तयारी

देशमै पहिलोपल्ट यस्तो शिक्षा

विराटनगरः रोग लागेर जीवनभरी कमाएको धनरासी खर्र्चेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाइ शुरु गराउने तयारी थालेको छ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाइ शुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै दक्ष जनशक्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलोपल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाइ सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।
नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउन लागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण भैरहेकोउपकुलपति डा सुभाषश्रीले जानकारी दिए । उनका अनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालन गर्ने तयारी भइसेकेको छ । ‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढ्दो रहेको तर सोही अनुसार दक्ष जनशक्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाइ मनमोहनले सुरु गर्न लागेको हां’ै, उपकुलपति पोखरेलले भने ।
मनमोहन विश्विद्यालयका कुलपति तथा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कार्कीले मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकोले आफूले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताउँछन । उनले रोग लागेर उपचारका लागि अस्पताल गएर जीवनभरि कष्टले कमाएको धन खर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थयबारे विश्विद्यालय तहमा पठनपाठन ह्नु अति नै आवश्यक भएको बताए । कुलपति तथा मुख्यमन्त्री कार्कीले भने, ‘शौचालय, खानेपानी र वतावरण अनि आहारविहार स्वास्थ्य बनाउने उपाय मात्र हामीले अवलम्बन गरयौ भने धेरै रोगहरुबाट बच्न सक्छौं यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्र्दभिक र आवश्यक छ ।’
कोशी प्रदेशका पूर्व समाजिक विकास मन्त्री जीवन घिमिरेले आफूहरुले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागू गर्न खोजेपनि दक्ष जनशक्तिको अभावले गर्दा सम्भव नभएको बताए । उनका अनुसार उच्च शिक्षा पढेका प्राकृतिक चिकित्साका दक्ष जनशक्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभै विश्वबजारमा पनि खपत गर्न सकिने दाबी गरे ।
प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्ष जनशक्त्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जनशक्त्तिको चरम अभाव झेल्नुपरिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जनशक्तिहरु ल्याउन बाध्य भइरहनुपरेको छ । अर्कोतिर प्राकृतिक स्वास्थ्य शिक्षा पढन चाहनेहरुले भारत जान बाध्य भइरहनुपरेको छ । काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा बस्नेतका अनुसार भारतमा ४० भन्दा बढि शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भैरहेपनि नेपालमा विश्विद्यालयमा तहमा अझैसम्म पठनपाठन शुरु हुन सकेको छैन ।
उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागि उत्पादन भएका जनशक्त्तिलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्ता नभएको दाबी गरे । उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यबाद पनि दिए । उनका अनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरुलाई बढदो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्ने बाध्यताबाट जोगाउन पनि सहयोग गर्दछ । डा बस्नेतले भने , ‘अबको युग नेचुरल युग हो यसैले चाँडै पाठ्यक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिक चिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालय हुनेछ ।’
डाक्टर बस्नेतका अनुसार प्राकृतिक चिकित्साभित्र योग र उपचार मात्र नभएर विभिन्न नौ वटा दर्शनहरु पर्दछन । प्राकृतिक चिकित्सा औषधिरहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँच वर्षे पाठयक्रम आवश्यक पर्दछ ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल इन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र शुरु भइसकेको छ । यसैगरी पारामेडिकलतर्फ विभिन्न विषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनका लागि पाठयक्रम निर्माण भइसकेको छ । साथै आगामी सत्रदेखि फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भइसकेको छ । तस्वीरः गणेश लम्साल

प्रकाशित मिति: चैत्र १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend