Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजमा बीपीका हाडजोर्नी प्रमुख डा. विक्रमप्रसाद श्रेष्ठद्वारा परामर्श कक्षा (भिडियोसहित)

हाम्रो कोशी आवाज
चैत्र २३ २०७९, बिहिबार
धरानको युएन, नवोदय कलेजमा बीपीका हाडजोर्नी प्रमुख डा. विक्रमप्रसाद श्रेष्ठद्वारा परामर्श कक्षा (भिडियोसहित)

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा परामर्श कक्षा सञ्चालन भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष तथा हाडजोर्नी विभाग प्रमुख डा.विक्रमप्रसाद श्रेष्ठले विज्ञान सङ्कायमा अध्ययनरत् विद्यार्थीलाई परामर्श दिएका हुन् । उनले कक्षा–११ मा विज्ञान पढेका विद्यार्थीलाई ‘मेडिकल सेक्टर’ मा पढ्दा कस्तो हुन्छ, कुन विषय कसरी छनौट गर्ने, मेडिकल सेक्टरमा कस्तो स्कोप हुन्छलगायतका विषयमा परामर्श दिएका थिए । विद्यार्थीले पनि मेडिकल विषय पढ्दा हुने फाइदाबारे जिज्ञासा राखेका थिए ।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले कलेजले विषयअनुसारको विज्ञहरु ल्याएर विद्यार्थीलाई बेलाबेलामा परामर्श प्रदान गर्दै आएको बताए । उनले बीपी प्रतिष्ठानका डाक्टर, इन्जिनियरिङ कलेजका अध्यापक, बैकिङ, गीत–संगीतका जानकारलगायतलाई ल्याएर विद्यार्थीका लागि परामर्श प्रदान गर्दै आएको बताए । ‘हामीले शुरुदेखि नै के प्रतिबद्धता व्यक्त गरेका छौं भने समय समयमा विषयविज्ञ ल्याएर परामर्श प्रदान गर्नेछौं, सोही प्रतिबद्धता अनुसार विद्यार्थीलाई भनेजति परामर्श प्रदान गर्न लालायित छौं, सोहीअनुसार प्रतिष्ठानका विभागीय प्रमुख डा. श्रेष्ठलाई ल्याएर परामर्श दिएका हौं ।’
उनले युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको समेत बताए । होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिएचएम, बिबिएसमा देशभरमा सेकेण्ड टप र प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउन थालेपछि अघिल्लो वर्षदेखि कक्षा–११ मा विज्ञान र कम्प्युटर विज्ञानमा पठनपाठन थालिएको र यस विषयलाई पनि अझ व्यापक बनाउँदै लगिने बताए ।
प्रदेश नं. १ का अधिकांश जिल्लाका विद्यार्थी यो कलेजमा अध्ययनरत् छन् । ‘प्रायः प्रदेश १ का सबै जिल्लाका विद्यार्थी यहाँ समेटिएका छन्’, क्याम्पस प्रमुख तुम्बापो भन्छन्, ‘यसैले पनि विद्यार्थी र अभिभावकको रोजाइको कलेज युएन, नवोदय बनिसकेको हामी भन्न सक्छौं ।’

प्रकाशित मिति: चैत्र २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend