Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङ र उपमेयर बेघाको काठमाडौं दौडधुपः कोशीको पानी, हेलिप्याड निर्माणदेखि धरान-२० मा औद्योगिक क्षेत्र स्थापनासम्मका योजना पेश

हाम्रो कोशी आवाज
चैत्र २३ २०७९, बिहिबार
धरानका मेयर साम्पाङ र उपमेयर बेघाको काठमाडौं दौडधुपः कोशीको पानी, हेलिप्याड निर्माणदेखि धरान-२० मा औद्योगिक क्षेत्र स्थापनासम्मका योजना पेश

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघा काठमाडौं पुगेर संघीय सरकारसमक्ष आउँदो बजेटमा धरानलाई समेट्नुपर्ने योजनासहितको विवरण बुझाएर फर्किएका छन् । उनीहरुले आगामी बजेटमा समावेश गर्न पहल गरेर फर्किएको जनाएका छन् ।
काठमाडौंबाट फर्किएलगत्तै मेयर साम्पाङको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेको जानकारी दिए । उनले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना बताउन नपाउँदै प्रम प्रचण्डले नै आफूले पहिल्यै बुझिसकेको बताएको उपमेयर बेघाले जानकारी दिए । ‘हामी पुगेर कुरा राख्न नपाउँदै धरानको खानेपानीको समस्याबारे बुझेको छु भन्नुभयो, त्यो भन्दा ठूलो कुरा हाम्रो लागि केही भएन तर यसतर्फ ध्यान दिएर कार्यान्वयनतर्फ लाग्नुहुन्छ भन्ने विश्वास लिएर फर्किएका छौं ।’

आगामी आव २०८०–०८१ को बजेटमा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय साथै सामान्य प्रशासन मन्त्रालयसम्म पनि आफूहरु पुगेर पहल गरेको मेयर साम्पाङले जानकारी दिए ।
सप्तकोशी नदीबाट धरानमा खानेपानी ल्याउने योजना, धरान २० बानियाँटारमा जलाशय निर्माण, विद्यमान खानेपानी संरचना सुधार (पम्प तथा मोटर खरिद), धरान ४ मा रहेको खाकरडाँडाबाट खानेपानी मर्मत तथा ट्याङ्की निर्माण, धरान–४ को देवीथानबाट पम्पिङ खानेपानी आयोजना, ल्याण्डफिल साइड, भानुचौकमा रहेको शौचालयको पुनः निर्माण, धरानको नाटटकघर (थिएटर हल) धरानको सभागृह मर्मत, राष्ट्रिय विभूति पार्क निर्माण, धरान–१७ मा साँस्कृतिक पार्क निर्माण, सडक मानव आश्रय भवन निर्माण तथा पुस्र्थापना केन्द्र, धरान–१३ मा साइन्स सिटी पार्क निर्माण, धरान–२० मा टाँसी छयोलिंग बौद्ध गुम्बा निर्माण, धरान २० मा दलित संग्राहालय, धरान ११ मा सुनौलो नगरकोट बहुउद्देश्यीय कवर्डहल, जेष्ठ नागरिक पार्क, जीम हल निर्माणजस्ता विषयलाई समेटिएको मागपत्र बुझाइएको उनले जानकारी दिए ।
यस्तै, धरान–१६ मा बहुभाषिक, पाठशाला निर्माण, आविस्कार केन्द्रको स्थापना, धरान–१३ को फुस्रेमा रहेको जनता पुस्तकालयको पुनःनिर्माण, हेलिप्याड निर्माण, सर्दुपुल–चिण्डेडाँडा–विष्णुपादुका भन्ज्याङ सडक निर्माणमा पनि प्राथमिकता दिनुपर्ने जनाइएको छ । धरान–२० मा विशेष औद्योगिक क्षेत्र स्थापना, साबुन फ्याक्ट्री निर्माण, बेसार फ्याक्ट्री तथा व्यवस्थापन कपास खेती, प्रशोधन र कपडा उद्योग निर्माणका विषयमा आगामी बजेटमा प्राथमिकतामा राख्न माग गरिएको छ ।
मेयर, उपमेयर र इन्जिनियरसहितको टोली चैत २० गतेदेखि २२ गतेसम्म काठमाडौंमा थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: चैत्र २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend