Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २६ २०७९, आइतबार
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर : उदयपुरको गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं १–०५–००१प ६१५१ नम्बरको मोटरसाइकलमा सवार मगरलाई गाईघाट बजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे १ ख २१८४ नम्बरको ट्रकले ठकर दिएको थियो ।
ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बार समेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएको सो कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।

प्रकाशित मिति: चैत्र २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend