Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलको अभिभावक दिवस भव्य, सिंगीङ स्टारदेखि अन्यलाई पुरस्कार प्रदान

हाम्रो कोशी आवाज
चैत्र २७ २०७९, सोमबार
धरानको सियोन स्कुलको अभिभावक दिवस भव्य, सिंगीङ स्टारदेखि अन्यलाई पुरस्कार प्रदान

गुणस्तरीय शिक्षा र शैक्षिक उन्नयनका लागि हदैसम्मको कोसिस जारी छः डाइरेक्टर, प्रिन्सिपल थापा मगर

धरानः धरान-१६ स्थित सियोन स्कुलको अभिभावक दिवस साथ सम्पन्न भएको छ ।
२०६२ सालदेखि धरान–१६ जोरसखुवामा सञ्चालनमा आएको स्कुलको अभिभावक दिवसमा बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सियोन स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगरले सियोन स्कुलले यस वर्ष झनै उल्लेखनीय प्रगति गरेको बताए । विद्यार्थीको नतिजा यस वर्ष धेरै राम्रो रहेको हुनाले पनि स्कुलले प्रगति गर्दै गएको ठानेको उनले बताए । प्रिन्सिपल, डाइरेक्टर थापा मगरले मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत बताए । उनले अब्बल शिक्षक–शिक्षिका साथै अभिभावकको पूर्ण सपोर्टले विद्यालयले प्रगति गर्न सकेको समेत बताए । उनले स्पष्ट खाका लिएर विद्यालय अघि बढेको कारणले पनि सफलता मिलिरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोख्रेलले बालबालिकाहरु अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुने भएकोले त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले बालबालिकाहरुको ग्रेडमा मात्रै ध्यान नदिएर क्षमता, रुचि र प्यासनमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरे । उनले सियोन स्कुलले विद्यार्थीको लागि हदैसम्मको प्रयास गरेको भन्दै प्रशंसा समेत गरे ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले सियोन स्कुलले दिइरहेको गुणस्तरीय शिक्षाको खुलेर प्रशंसा गरे । उनले शिक्षक र विद्यार्थीका लागि सियोन स्कुल स्वर्ग भएको बताउँदै अभिभावकका लागि सुरक्षित स्कुल भएको समेत बताए ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा मास्टर डिग्री, धेरै अनुभवी सहायक प्रिन्सिपल राकेश चौधरी, मोष्ट पंचुअल तथा प्लस टु कोअर्डिनेटर अनुप अग्रवाल, क्रियटिभ शिक्षकमा संगीता राई, फ्रेण्डली शिक्षकमा सिर्जना लिम्बू, हार्डवर्किङ शिक्षकमा समिर शाक्य, वेष्ट पर्सनालिटी शिक्षकमा शिव मगर, शिक्षिका पायना राई, मोष्ट रेस्पोन्सिबल शिक्षकमा दिनेश दर्नाल, मोष्ट इन्स्पायरिङ शिक्षकमा सुरज राई, मोष्ट अनुभवी विथ ब्याचलर डिग्री शिक्षकमा प्रकाश तामाङ, मोष्ट डिसिप्लिन शिक्षिकामा ज्योति राई, मोष्ट डयुटीफूल शिक्षिकामा सानुमाया मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा ब्रदर्स मोहन श्रेष्ठ र हजिन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा टपर, लेवल वाइज टपर छात्रछात्रालाई पनि सम्मान र पुरस्कृत गरिएको थियो ।
सियोन सिंगीङ स्टार घोषित
वर्षेनी आयोजना हुँदै आएको ‘सियोन सिङ्गीङ स्टार’ घोषणा गरिएको थियो । डेढ महिनाअघि नै सो कार्यक्रम आयोजना भएपनि घोषणा भने भएको थिएन । अभिभावकको उपस्थितिमा सो कार्यक्रमको घोषणा गरिएको थियो । कार्यक्रममा सोहन श्रेष्ठ सिङ्गीङ स्टार बने । उनलाई नगद ३ हजारसहित सम्मान गरिएको थियो । यस्तै, फस्ट रनरअप बनेकी आश्विन श्रेष्ठलाई नगद दुई हजार र सेकेण्ड रनरअप बन्ने रिसभ कुँवरलाई नगद १५ सयसहित सम्मान गरिएको थियो । कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहायक प्रिन्सिपल राकेश चौधरीलगायतले उनीहरुलाई सम्मान र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली विभागका शिक्षक सरोज राईले गरेका थिए । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता पस्किएका थिए । कार्यक्रममा एसकेजीका ३२ विद्यार्थी दीक्षित समेत भएका थिए ।
विद्यार्थीलाई शैक्षिक, व्यवहारिक र असल चरित्र सिकाउँदै आएको सियोन स्कुलमा हाल प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल म्यानेजमेण्टको पठनपाठन हुँदै आएको छ । सियोन धरानमा उत्कृष्ट मानिएको विद्यालयमध्ये एक हो । विद्यालयको आफ्नै ४ तले भूकम्पप्रतिरोधी भवन रहेको छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ ।
विद्यार्थीहरूलाई औपचारिक शिक्षा वा किताबी ज्ञानमात्र नभएर समाजको कुशल नागरिक बनाउन संस्कारको पनि शिक्षा दिने गर्दछ । शिक्षकहरूको लगनशीलता र अथक मेहनत विद्यालयको सफलताको कारक मानेको विद्यालयले हरेक दिन शिक्षकहरूसँग विद्यालयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनमा नयाँ शैली र अनुभवहरूको साटासाट हुनुका साथै प्रतिक्रियासमेत लिने गरेको प्रिन्सिपल थापा मगर बताउँछन् । किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञान दिन विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि सक्दो जोड दिँदै आएको समेत उनले बताए ।
विद्यार्थीहरूलाई यातायातको सुविधाका लागि विद्यालयको आफ्नै ५ वटा बस सञ्चालन, स्वच्छ खानेपानी, ट्रससहितको ग्राउण्ड, बास्केटबल कोर्ट, क्यान्टिन, होस्टल, साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, अडियो भिजुवल कक्षा, सेमिनार हल, नृत्य कक्षा आदि विद्यालयले सुविधा दिँदै आएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: चैत्र २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend