Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मालपोत कार्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

हाम्रो कोशी आवाज
चैत्र २८ २०७९, मंगलबार
धरानको मालपोत कार्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

धरानः धरानस्थित मालपोत कार्यालयले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरी जिल्ला कार्य समितिले मङ्गलबार उजुरी गरेको जनाएको छ । मञ्चका सुनसरी अध्यक्ष अमर इजमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मालपोत कार्यालयका हाकिमविरुद्ध उजुरी दिएको जानकारी दिए ।
धरान-१६ स्थित कार्यालयबाट धरान-६ स्थित पानबारीमा स्थानान्तरण गरी पानबारीमा लैजाने योजनामा हाकिमको पनि संलग्नता रहेको जनाइएको छ । २०७३ सालमा तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानेले भूमाफियाको मिलेमतोमा धरान र धराने जनताको विरोधका बाबजुत एक कट्ठा जग्गा मालपोत र नापी प्रमुखले नवलसिंह आलेको नाउमा जग्गा राजीनामा पास गरी आफन्त नातामा जेठी सासुको पति देवेन्द्र प्याकुरेलको नाउमा तुरुन्तै अधिकृत वारेसनामा गरी माउन्ट एभरेष्ट लेखापढीका सञ्चालक राजु गौतमको मिलेमतोमा बिक्री गरेको उजुरीपत्रमा जनाइएको छ ।
मञ्चले सो जग्गाहरुबारे छानविन गर्दै लेखापढी व्यवसायीको नामको जग्गा र कर्मचारीको नाममा भएका जग्गाहरु बदर माग गरेको छ । मञ्चले यसअघि धरान–१६ स्थित कार्यालय स्थानान्तरणको विरोधमा कालो झण्डासहित कोणसभा गरिसकेको छ ।
गत २०७३ सालमा मालपोत र नापी कार्यालय धरान ६ पानबारीमा सार्ने निर्णय भएको बेला तत्कालीन धरान-१३ की अम्विका श्रेष्ठले ३ कट्ठा जग्गा दिने प्रतिबद्धता गरेपनि त्यसतर्फ मालपोत र नापीले संवाद नगर्नुको कारण जग्गाको चलखेल रहेको मञ्चको अध्यक्ष इजमले बताए । उनले तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कटठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको इजमको दावी छ ।
बराहक्षेत्रका सेवाग्राहीसमेत आउनु पर्ने भएकाले पायक नपर्ने र दैनिक करोडौं रुपैया लेनदेन हुने भएकाले पानवारी असुरक्षित हुने मञ्चको भनाइ छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायी रुपमा राख्न सकिने विकल्प खुला रहेकाले पानबारीमा १ सय बेडको आइसियुसहितको अस्पताल र अन्य कार्यालय राख्न सकिने समेत बताएका छन् ।

प्रकाशित मिति: चैत्र २८ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend