धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उनीमाथि ‘बेनामे’ उजुरी परेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमार्फत् मेयर साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको बताएका छन् ।
खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताइएको छ । उनले यस विषयमा आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो ।’