Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वर मन्दिरका माछा भटाभट मर्न थालेपछि कोशी लगेर छाडियो

हाम्रो कोशी आवाज
बैशाख १० २०८०, आइतबार
धरानको पिण्डेश्वर मन्दिरका माछा भटाभट मर्न थालेपछि कोशी लगेर छाडियो

धरानः धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीका माछा कोशी पुरयाइएर छाडिएको छ ।
ग्रेडिङ गरेर झन्डै ६ सय केजी माछा कोशी पुरयाएर छाडिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पानी नपरेर, अक्सिजन कम भएर वा अन्य विविध कारणले झन्डै दुई सय केजीसम्म माछा मरेपछि अन्यलाई उद्दार गरेर कोशीमा छाडिएको उनले जानकारी दिए । ‘दमकलबाट सफा पानी ल्याएर हाल्ने काम पनि भयो तर पनि माछा मर्न नछाडेपछि कोशी लगिएको हो ।’ उनले भने ।
त्यहाँको माछा कसैले बिक्री गरे बिरामी हुने, जसले बिक्री गर्छ उसको लागि फलिफाप नहुने धार्मिक विश्वास रहिआएको उनले जानकारी दिए । उनले पोखरीमा माछाको संख्या धेरै भएकोले निकालेर अन्यत्र सार्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति: बैशाख १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend