फिदिम: पाँचथरको फिदिम नगरपालिका-१० को नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको याङनाम फालौट सडकखण्ड अन्तर्गत पर्ने उक्त क्षेत्रमा भ्यान एक्कासी दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । फालेलुङ-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । फालेलुङ-८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।
घाइते हुनेहरुमा फालेलुङ-८ का वडासदस्यसमेत रहेका चालक छवि अधिकारी, हिलिहाङ-७ का धनबहादुर रसाइली, याङबरक-५ की निर्मला केरुङ, फालेलुङ-८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका २५ वर्षीय अच्यूत केरुङ रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।