Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्युत अनियमित हुन थालेपछि सुनसरी-मोरङ क्षेत्रका उद्योगीहरु सडकमा

हाम्रो कोशी आवाज
बैशाख १० २०८०, आइतबार
विद्युत अनियमित हुन थालेपछि सुनसरी-मोरङ क्षेत्रका उद्योगीहरु सडकमा

धरानः नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् ।
विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।
आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिर्ङ तालिका सार्वजनिक गर्न माग गरे । अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।
दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ति भने २३० देखि २४० मेगावाट छ ।
विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको छ । त्यसबाहेक अन्य समयमा पनि विद्युत् कटौती हुने गरेको उद्योगीको गुनासो छ ।

प्रकाशित मिति: बैशाख १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend