Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको भाउ निरन्तर घट्दै

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
सुनको भाउ निरन्तर घट्दै

धरानः नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । आइतबार पनि सुनको मूल्य नौं सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रुपैयाँमा कारोबार भएकोमा आज २० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend