Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैपटक १५ वटा सहकारीको दर्ता खारेज

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
एकैपटक १५ वटा सहकारीको दर्ता खारेज

विराटनगर: महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नरहेका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।
महानगरपालिकाले आइतबार लेखा परीक्षण नगरेका, साधारणसभा गरे पनि विवरण नबुझाएका सहकारी संस्थाहरुको सहकारी ऐनअनुसार दर्ता खारेज गरेको हो।
सर्वसाधारणले बचत गरेको रकम असुरक्षित हुने क्रम बढ्दै गएपछि महानगरले पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराट कोसेली घर, एक्सेचेन्ज बचत तथा ऋण सहकारी, सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।
यस्तै, भिजन फर्मा सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, खाटुश्याम बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन्।
त्यसैगरि, गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता खारेज गरिएको छ।
महानगरपालिकाले ती सहकारीलाई लेखापरीक्षण विवरणसँगै आवश्यक कागजातसहित सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend