Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विजयपुर हस्पिटलमा क्यान्सर र न्यूरो सर्जरी उपचार सेवा

हाम्रो कोशी आवाज
बैशाख १३ २०८०, बुधबार
धरानको विजयपुर हस्पिटलमा क्यान्सर र न्यूरो सर्जरी उपचार सेवा

सुनसरीः निजी क्षेत्रबाट सञ्चालित भएको धरानको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरीको उपचार सेवा शुरु गरेको छ ।
सुनसरीको एक मात्र १ सय बेडको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरु गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए । न्युरो सर्जरी, हाडजोर्नी, सल्यक्रिया, प्रसुती तथा स्त्री, बाल रोक, नाक कान घाटी, छाला, जनरल मेडिसिन, दाँत र आँखाको उपचार गर्दै आएको विजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यान्सर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताए ।
क्यान्सरको उपचार डा. राजिवकुमार देव र न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले बताएका छन् । डा. खतिवडाले न्युरो, क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण, रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी, डिजिडल एक्सरेको सेवालाई समेत विस्तार गरेको बताए ।
हस्पिटलले बिरामीलाई छिट्टो निको बनाउने उदेश्यले फिजियो थेरापी र प्लाष्टिक सर्जरी सेवाको विस्तार गरेर संचालन गरिएको अध्यक्ष खतिवडाले बताए ।

प्रकाशित मिति: बैशाख १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend