धरानः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर ग्रेटवालदेखि लिम्बू जातिको सिलाम डामेपोखरी र लभस्टेशनलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन् ।
ध्वेजेडाँडा बहुसाँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्देश्यले सोही पालिकाले योजना अगाडि बढाएको हो । प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा रहेको ध्वजेडाँडा पर्यटकीय सम्भावना बोकेको स्थान हो । ध्वोजेडाँडा क्षेत्रमा छथर ग्रेटवाल, लिम्बु जातिहरुको सिलाम डालेपोखरी र लभ स्टेन लगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन् ।
कोशी राजमार्ग नजिकै रहेको डाँडालाई पार्कको रुपमा निमार्णसँगै पर्यटकहरु आउन थालेका छन् । पार्कको विकाससँगै यहाँका स्थानीयको आयआर्जनका साथ पर्यटकहरुको आकर्षण केन्द्र हुने गाउँपालिका अध्यक्ष छत्र सुब्बाको तर्क छ । सातडाँडा, स्तम्भ र सात पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ यस क्षेत्रलाई विकास गर्ने तयारी भइरहेको छ । गाउँपालिकाको सबैभन्दा ठूलो र जिल्लाकै पहिलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
