Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ

हाम्रो कोशी आवाज
बैशाख १३ २०८०, बुधबार
स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ

धरान: सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर) ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend