Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा सात जुवाडे समातिए

हाम्रो कोशी आवाज
बैशाख १३ २०८०, बुधबार
इटहरीमा सात जुवाडे समातिए

इटहरी: इटहरी उपमहानगरपालिका-२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाएको छ । जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलवार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार उनीहरुको साथबाट २५ हजार ७ सय ९५ रूपैयाँ नगद र ६ बुक तास बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend