Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-इटहरी सडक निर्माण तीन दिनभित्र शुरु हुने

हाम्रो कोशी आवाज
बैशाख १३ २०८०, बुधबार
धरान-इटहरी सडक निर्माण तीन दिनभित्र शुरु हुने

धरानः चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा निर्माण भइरहेको ६ लेन सडकको काम तीन दिनभित्र शुरु गर्न निर्माण कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ ।
सुनसरीको इटहरी तरहरादेखि धरानको सेउती खोला खण्डसम्म सडक तीन दिनभित्रमा थाल्ने सहमति भएको हो । निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबीच बुधबार छलफल भएको हो । कम्पनीले तीन दिनभित्रमा सडकको थाल्ने लिखित सहमति गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको पाँच दशमलव तीन किलोमिटर सडक चाँडो पूरा गर्न पटकपटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । निर्माण कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारीसाधन नियन्त्रणमा लिएको थियो । उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिवद्दता सार्वजनिक गर्न तीनदिने अल्टिमेटम समेत दिएको थियो ।
निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्न रिपोर्ट आउन केही समय लागेकोले ढिलाइ भए पनि अब सुरु गरिने उपमहानगरसमक्ष जानकारी गराएका छन् ।
सडक निर्माणका लागि २०८० सम्म समयअवधि थपिएको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले अब निर्माण कम्पनीले लिखित प्रतिबद्धता व्यक्त गरेकोले काम समयमै पूरा हुने अपेक्षा बढेको बताए । सेउती पुलसम्म हिमधुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तीनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पुरयाएको छ ।
कोशी लोकमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । सुनसरीको दुहबी बजारमा पनि नगरपालिकाले सडक नजिकका संरचना हटाएको छ । इटहरीमा चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर हटाइएको छ । २०६९–०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य थियो ।

प्रकाशित मिति: बैशाख १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend