धरानः सुनसरीमा बसको ठक्करले एकजना बालिकाको मृत्यु भएको छ ।
कोशी गाउँपालिका ८ कोशी ब्यारेजमा पश्चिकमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ७८९४ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोनमकुमारी मण्डल रहेकी छिन् । उनको घर भारत सुपौल भीमनगर पञ्चायत ४ हो ।
टाउकोमा चोट लागेकी उनको उपचारको लागि भीमनगर बसन्तपुर उपस्वास्थ केन्द्र भारतमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक झापा मेची नगरपालिका १५ बस्ने वर्ष ४२ को अनुज राजवंशी इलाका प्रहरी कार्यालय भण्टाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सडक क्रस गर्दैगर्दा उनलाई बसले ठक्कर दिएको थियो ।