Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिजुली प्रवाह भइरहेको नाङ्गो तार मुखमा लगाउँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
बिजुली प्रवाह भइरहेको नाङ्गो तार मुखमा लगाउँदा एकजनाको मृत्यु

धरानः मोरङमा एकजनाले बिजुलीको नाङ्गो तार मुखभित्र लगाउँदा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङको कानेपोखरी–२ मा यस्तो घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार ४० वर्षीय भुटाइ केवरतले विद्युत प्रवाह भइरहेको बिजुलीको नाङ्गो तार मुखमा लगाउँदा मृत्यु भएको छ ।
घरको कोठाभित्र विद्युत प्रवाह भइरहेको बिजुलीको तार मुखमा लगाएपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । तार आफ्नो मुखभित्र लगाउनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend