धरानः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा ‘सेफ्स बर्गर’ ले आफ्नो आठौं शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ ले पहिलोपटक उपत्यका बाहिर मोरङको सुन्दरहरैंचास्थित बलियामा आफ्नो आठौं रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।
सेफ्स बर्गरका सञ्चालक महेन्द्र तामाङले सुनसरीको इटहरी र मोरङको सुन्दरहरैंचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौं आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।
सेफ्स बर्गर वैदेशिक रोजगारमा गएर होटल व्यावसायको सीप सिकेर आफ्नै देश फर्केका नेपाली युवा (सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्री गर्ने रेष्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ वर्षभन्दा बढी सेवा गरेर बिताएका नेपाली युवाहरु संखुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोकगढीका महेन्द्रमान तामाङ र सुरज तामाङ स्वदेश फर्केपछि २०७५ सालदेखि चेन ब्राण्ड रेष्टरेन्ट सेफ्स बर्गर स्थापना गरेर देशभरी विस्तार गर्ने अभियानमा लागेका हुन् ।
अमेरिकन येल्लो बर्गर चिज र झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन् ।