Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘कलेज अफ ल’ मा नयाँ विद्यार्थीको स्वागत

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
‘कलेज अफ ल’ मा नयाँ विद्यार्थीको स्वागत

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वितीय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् ।
द्वितीय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, गजल, कविता, नृत्य, क्यारिकेचर, फेसन शो प्रस्तुत गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख तथा निर्देशक महेश प्रसाद निरौला, शिक्षकहरू रूपेश कोइराला, दिपेश बाँस्तोला लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । अनुशासित भएर शिक्षा आर्जन गर्न आग्रह गर्दै उनीहरूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरे ।
पहिलो वर्षको कक्षा शुरू हुने बित्तिकै द्वितीय वर्षको परीक्षा शुरू भएको, परीक्षा लगत्तै केही समय क्याम्पस बिदा भएका कारण स्वागत कार्यक्रम केही ढिलाइ भएको द्वितीय वर्षका विद्यार्थीको स्पष्टोक्ति छ । कलेज अफ ल ले पाँच वर्षे बीए एलएलबी र तीनवर्षे एलएलबीको अध्यापन गर्दै आएको छ । बीए एलएलबी अध्ययनका लागि मेचीदेखि महाकालीसम्मका विद्यार्थी आउने गरेका छन् ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend