Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बराह बचतको विशेष साधारणसभाः १८ बुँदे करारनामा अनुमोदन, एकपटक मौका दिन आग्रह

हाम्रो कोशी आवाज
बैशाख १९ २०८०, मंगलबार
धरानको बराह बचतको विशेष साधारणसभाः १८ बुँदे करारनामा अनुमोदन, एकपटक मौका दिन आग्रह

धरानः बराह बचत तथा ऋण सहकारी संस्था लि. समिति प्रतिनिधि र पीडित संघर्ष समितिबीच भएको १८ बुँदे करारनामा विशेष साधारणभाले अनुमोदन गरेको छ ।
धरान उपमहानगरपालिकालगायत अन्य वडाहरुको समेत रोबरमा बराहलाई सहयोग गरेर निकास दिने विषयमा सहमति भएको थियो । गत पुस १४ गते बराह बचतका सञ्चालन समिति प्रतिनिधि र बराह पीडित संघर्ष समितिका प्रतिनिधिबीच १८ बुँदे सहमति भएको थियो । सोही सहमतिलाई सोमबार धरान–८ स्थित श्रृपा भवनको सभाहलमा बराहको विशेष साधारणसभाले सर्वसम्मतबाट अनुमोदन गरेको बराह पीडित संघर्ष समितिका कानुनी सल्लाहकार एवं अधिवक्ता उमेश मिक्चन तामाङले दिए ।
साधारणसभा कार्यक्रममा सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एकपटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर सदस्य तथा बचतकर्ताहरुले १८ बुँदे सहमति गरी सञ्चालन गर्न दिने सहमति भएको बताएका छन् ।
साधारणसभामा स्वागत मन्तब्य तथा अध्यक्षको प्रतिवेदन प्रस्तुत सहकारीको अध्यक्ष मानबहादुर दियाली (विश्वकर्मा) ले गरेका थिए । उनले कतिपय कमजोरीले पनि सहकारी संकटग्रस्त बनेको बताए । उनीद्वारा प्रस्तुत प्रतिवेददनमा प्रतिवेदनमा उल्लेख छ, ‘संस्थाको अध्यक्षको हैसियतले पूर्णरुपमा जिम्मेवारी स्वीकार्दै सम्पूर्ण शेयर सदस्य तथा बचतकर्तासमक्ष क्षमायाचना गर्दै सबै प्रकारका बचत रकमहरु आगामी कार्ययोजना बमोजिम भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।,’
ऋण लगानी धेरै, असुल उपर गर्न नसकिएको, ऋण लगानीको ठूलो हिस्सा बराहको व्यापार व्यवसायमा प्रवाह भएको र व्यवसायले २०७७ देखि नै कोभिडको समस्याका कारण न्यून भुक्तानी गर्न थालेपछि सहकारीमा समस्या गहिरिँदै गएको पनि जनाइएको छ ।
बराह सहकारी पीडित संघर्ष समिति धरानका संयोजक श्यामप्रसाद ढकालले विगतमा गरेको १८ बुँदे सहमतिअनुरुप अहिलेसम्म देखिएको असज परिस्थितिलाई सहज बनाउन र दुवै पक्षको सहमतिलाई निरन्तरता दिनलाई फेरि पनि पुरानै कार्यसमितिलाई अवसर प्रदान गर्न आग्रह समेत गरेका थिए ।
साधरणसभामा प्रमुख अतिथि धरान–२ का वडाध्यक्ष रमेशकुमार राईले आफ्नो मन्तब्यमा राख्दै लगानीलाई ढिलै भएपनि प्राप्त गर्नको लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
कार्यक्रममा लेखा प्रतिवेदन लेखा प्रबन्धक अर्पणा श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । साधारणसभामा धरान-८ का वडाध्यक्ष धनवहादुर राई समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दीपेन्द्र निरौला गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

 

प्रकाशित मिति: बैशाख १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend