Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटादेखि अन्य जिल्लाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

हाम्रो कोशी आवाज
बैशाख २१ २०८०, बिहिबार
धनकुटादेखि अन्य जिल्लाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

झापा: काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिकटन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिकटन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिकटन खाद्यान्न तथा कृषिउपज आयात भएको छ ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बैशाख २१ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend