धरानः सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यले उच्च विन्दु छोएको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ। यो नेपाली बजारमा सुनको अहिलेसम्ममै उच्च मूल्य हो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको छ । अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उनको भनाइ छ । अमेरिकामा यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पनि टाट पल्टिएको घोषणा गरिएको थियो ।