Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा सिरुवा मेलामा नक्कली नोटसहित एकजना समातिए

हाम्रो कोशी आवाज
बैशाख २२ २०८०, शुक्रबार
सुनसरीमा सिरुवा मेलामा नक्कली नोटसहित एकजना समातिए

सुनसरीः सुनसरीको इटहरी–१ आँपगाछीस्थित लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको गढी गाउँपालिका २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।
घटनाबारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend