धरानः अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ ।
सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी दिए ।
दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो ।
दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ । हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । छिरिङ भोटे भने सकुशल छन् । तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन् ।
घटनाको विस्तृत विवरण भने नआएको उनको भनाइ छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुग्दैछ ।
