Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मकैबारीमा किशोरीमाथि जबर्जस्ती गरेको आरोपमा युवा समातिए

हाम्रो कोशी आवाज
बैशाख २५ २०८०, सोमबार
मकैबारीमा किशोरीमाथि जबर्जस्ती गरेको आरोपमा युवा समातिए

मोरङः १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका-७ स्थित मकैबारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बैशाख २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend