Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामुदायिक वन, तालतलैया र सिमसारबाट राजस्व बढाउन सकिन्छ :मुख्यमन्त्री कार्की

हाम्रो कोशी आवाज
बैशाख २६ २०८०, मंगलबार
सामुदायिक वन, तालतलैया र सिमसारबाट  राजस्व बढाउन सकिन्छ :मुख्यमन्त्री कार्की

धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्वमा योगदान कम रहेको उनको भनाइ छ ।
‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ’, मुख्यमन्त्री कार्कीले भने ।
सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तुत गर्दै उनले बनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति: बैशाख २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend