Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘ओभर स्पिड’ मा आएको टिपरको ठक्करले स्कुटी चालकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २७ २०८०, बुधबार
‘ओभर स्पिड’ मा आएको टिपरको ठक्करले स्कुटी चालकको मृत्यु

विराटनगर: मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बा.प्र.०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो ।
विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् ।
उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति: बैशाख २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend