Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२१ थान टीभी चोरेको आरोपमा दुईजना समातिए

हाम्रो कोशी आवाज
बैशाख २८ २०८०, बिहिबार
२१ थान टीभी चोरेको आरोपमा दुईजना समातिए

विराटनगर: मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र सोही ठाउँको वर्ष १९ को सन्दीप कुमार ऋषिदेव रहेका छन् ।
उनीहरूले गोदामको झ्यालको रड काटेर २१ थान हाइसेन्स ब्रान्डको ३९ इन्चको एलईडी टीभी चोरी गरेको आरोप लागेको छ ।
अभियुक्तले चोरी गरिएका एक थान टीभी आफ्नै घर नजिकै माटोले छोपेर लुकाएर राखेको अवस्थामा, ६ थान घरमै लुकाएर राखेको अवस्थामा तथा आठ थान विराटनगर, बुढीगंगा तथा सुनसरीका विभिन्न स्थानमा बिक्री गरेको अवस्थामा गरी जम्मा १५ थान टिभी बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् ।
उनीहरूले गत चैत २८ गते टीभी चोरी गरेको बताइएको छ ।

प्रकाशित मिति: बैशाख २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend