Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नविल र माछापुच्छ्रे बैंकको पासवर्ड हयाक गरी पैसा निकाल्ने एकजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १ २०८०, सोमबार
नविल र माछापुच्छ्रे बैंकको पासवर्ड हयाक गरी पैसा निकाल्ने एकजना समातिए

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड हयाक गरेर पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका छन् । सुन्दरहरैंचा नगरपालिका ४ दुलारीस्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा सञ्चालन गर्दै आएको आरए भिजन एकाउन्ट सोलुसन प्रालि फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नविल बैङ्क शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड हयाक गरी विभिन्न मितिमा अठ्ठाइस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड हयाक गरी विभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैयाँ निकालेका थिए ।
पक्राउ परेका सिग्देलको सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend