Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘प्रहरीले आपराधिक प्रवृत्तिका ब्यक्तिहरुसँग साँठगाँठ गरेको चाल पाए निर्मम र कठोर कारवाही’

हाम्रो कोशी आवाज
जेष्ठ १ २०८०, सोमबार
‘प्रहरीले आपराधिक प्रवृत्तिका ब्यक्तिहरुसँग साँठगाँठ गरेको चाल पाए निर्मम र कठोर कारवाही’

धनकुटाः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरेका छन् ।
निरीक्षणपछि उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिए ।
नागरिकको जीउधनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउँदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छविलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले आपसी भाइचारा, सहयोगी भावना साथ इमान्दारितापूर्वक आ–आफ्नो पदीय दायित्व निर्वाह गर्नुपर्ने बताए ।
आ–आफनो जिम्मेवार एरिया इलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रण, फरार प्रतिवादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी दुर्घटना न्युनीकरण तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिए ।
त्यसैगरी कुनैपनि प्रहरी आपराधिक गतिविधि तथा त्यस्ता प्रवृत्तिका ब्यक्तिहरुसँग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने समेत उनले बताए ।

प्रकाशित मिति: जेष्ठ १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend