धरानः सुनसरीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–९ बबिया बस्ने ३८ वर्षीया गीतादेखि मेहता रहेको प्रहरीले जनाएको छ ।
हरिनगरा–४ नुनिया टोलमा भुटाहा–विराटनगर चल्ने भित्री पक्की सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१०प९५६३ नम्बरको मोटरसाइकललाई नाम र नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । पछाडि सवार उनलाई गम्भीर अवस्थामा गोल्डेन अस्पताल विराटनगर लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मोटरसाइकल चालक देवानगञ्ज–७ बस्ने २८ वर्षीय जीतेन्द्र मेहता सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने शंकास्पद मे१ख २४३१ नम्बरको मिनी ट्रक इप्रका चिमडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।