Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने कालो बंगुर र रक्सीलाई ब्राण्ड बनाउन आगामी बजेटमा प्राथमिकता दिन माग

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०८०, मंगलबार
धराने कालो बंगुर र रक्सीलाई ब्राण्ड बनाउन आगामी बजेटमा प्राथमिकता दिन माग

धरानः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) ले धरानका समसामयिक विषय लिएर ध्यानाकर्षणपत्र बुझाएको छ ।
धरान उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा जनसरोकारका विषयहरुलाई प्राथमिकता दिनुपर्ने ध्यानाकर्षणपत्रमा जनाइएको छ ।
एसका धरान नगर कमिटी अध्यक्ष रेवतीरमण राईसहितको टोलीको २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । उपमेयर अइन्द्रविक्रम बेघालाई सो ध्यानाकर्षणपत्र बुझाइएको अध्यक्ष राईले जानकारी दिए । नेपाल पत्रकार महासंघ सुनसरी धरानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा एसका केन्द्रीय सदस्य जीवन राईले धरान बनाउन सबै लाग्नुपर्ने बताए ।
ध्यानाकर्षणपत्रमा धराने कालो बंगुर, लोकल रक्सीको प्रशोधन गरी धराने ब्रान्डको रुपमा विकास गरिनुपर्नेदेखि धरान–६ पानबारीमा निर्माणाधीन औद्योगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्नेलगायत २५ बुँदामा ध्यानाकर्षण गराइएको छ ।
सरकारी सेवाको लागि लोकसेवा आयोग÷सेवा आयोगको तयारी कक्षाको व्यवस्था गरियोस्, लागूऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान सञ्चालन गरिनुपर्ने, क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी गरिनुपर्ने, सवारी साधन पार्किङस्थलको उचित व्यवस्थापन गरिनुपर्ने, धरान–६ पानबारीमा निर्माणधिन औद्योगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

यस्तै, फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने, ब्रिटिस, भारतीय सेनाको अन्तिम छनौटस्थल धरानमा पुनःस्थापना गरिनुपर्ने, धरानका सबै स्थानमा सिसी क्यामरा जडान गरी शान्ति-सुरक्षाको व्यवस्था गरिनुपर्ने, धरानलाई सूचना प्रविधि केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गरिनुको साथै आइडिया बैंकको स्थापना गरिनुपर्ने, धरान बजार साथै वरिपरि समेत सौन्दर्यकरण गरिनुपर्ने, धरानलाई शैक्षिक हव, स्वास्थ्य हब, खेलकुद तथा साहसिक खेल हब बनाई पर्यटक आकर्षित गरिनुपर्ने, धरानमा रहेका सबै शैक्षिक संस्थामा स्थानीय (धरानको ) कोटाको व्यवस्था गरिनुपर्ने, बहुजातीय संग्रहालयलाई सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने, धरान सभागृहलाई व्यवस्थित गरी प्रदर्शनी स्थलको रूपमा विकास गरिनुपर्ने ध्यानाकर्षणपत्रमा जनाइएको छ ।
यस्तै, युवा, महिला, दलित, अल्पसंख्यकलाई सीप सिकाइ स्वरोजगार बनाउनुपर्ने, आधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माण गरिनुपर्ने, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरूले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था गर्दै मजदुर राहत कोषको स्थापना गरी जीवन विमाको व्यवस्था गरिनुपर्ने, धरानलाई डिजिटल शहरको रूपमा विकास गरिनुको साथै नगरपालिका प्रविधि मैत्री बनाई भ्रष्टाचाररहित र पारदर्शिता गरिनुपर्ने, धरानको भूमिहीन, दलित, अव्यवस्थित तथा सुकुम्वासी बसोबासलाई स्थायी व्यवस्थित गरी आधारभूत सुविधा उपलब्ध गरिनपर्ने, धरानमा सञ्चालित बस, ट्याक्सी, टेम्पो, इ–रिक्साको वैज्ञानिक भाडा दर निर्धारण गरिनुको साथै नगर बस सञ्चालन गरिनुपर्ने, खाद्यान्नको मूल्य निर्धारण सूचीलाई व्यवस्थित गरिनुपर्ने, व्यवस्थित आधुनिक बधशालाको निर्माण गरिनुपर्ने, कर्मचारीको क्षमतामा अभिवृद्धि गरिनुपर्ने र धरानमा रहेका सहकारी संस्थालाई व्यवस्थित गरिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend