Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु मेमोरियल स्कुलद्वारा मेयर साम्पाङको अभियानमा १० थान पाइप सहयोग

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०८०, शुक्रबार
धरानको विष्णु मेमोरियल स्कुलद्वारा मेयर साम्पाङको अभियानमा १० थान पाइप सहयोग

धरानः धरान-९ स्थित विष्णु मेमोरियल स्कुलले सहयोग गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको कोकाह खोला अभियानमा स्कुलले पाइप सहयोग गरेको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार बिहान धरान-१८ स्थित ग्रिन टी मा मेयर साम्पाङलाई भेटेर १० थान पाइप हस्तान्तरण गरेको उनले जानकारी दिए । उनका अनुसार कोकाह अभियानलाई सार्थकता तुल्याउन इँटामा इँटा थप्ने उद्देश्यले स्कुृलकै तर्फबाट सहयोग गरिएको हो ।
उनका अनुसार भोलि शनिबार हुने बृहत श्रमदानमा चारवटा बस र स्कुलका विद्यार्थी पनि श्रमदानमा सहभागिता जनाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend