Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मीन विश्वकर्मा कांग्रेस प्रवक्तामा मनोनित

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०८०, शुक्रबार
धरानका मीन विश्वकर्मा कांग्रेस प्रवक्तामा मनोनित

धरानः सुनसरी क्षेत्र नं. मा निकै राम्रो पकड बनाएका धरानका स्थायी बासिन्दा मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रवक्तामा मनोनित भएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रवक्तामा मनोनीत गरेका थिए । कांग्रेसको विधानतः २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरिएको हो । डा प्रकाशशरण महत अर्थमन्त्री बनेपछि प्रवक्ताको पद खाली थियो । महत मन्त्री भएपछि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वकर्माले पाएका हुन् ।

प्रकाशित मिति: जेष्ठ १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend