Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पहिलोपटक लान्यसको ऐतिहासिक महाधिवेशन, बबरजंग थापा १९४ मत ल्याउँदै विजयी (२२ तस्वीरसहित)

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०८०, शुक्रबार
धरानमा पहिलोपटक लान्यसको ऐतिहासिक महाधिवेशन, बबरजंग थापा १९४ मत ल्याउँदै विजयी (२२ तस्वीरसहित)

धरानः लायन्स क्लबको ३२५ सी को पहिलोपटक धरानमा ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रम हुनुअघि शान्ति रयालीका साथ आयोजना भएको थियो । ‘हामी सेवा गर्छौं’ भन्ने मूलमन्त्रको साथ समाज परिवर्तन र सेवाको भावनासाथ कार्यक्रम भएको हो ।
यसैबीच डिस्ट्रिक गभर्नर पदमा भएको प्रतिस्पर्धामा दमकका बबरजंग थापाले १९४ मत ल्याई विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी दमककै अजय अग्रवालले १४२ मत प्राप्त गरेका थिए । यसअघिका डिस्ट्रिक गर्भनर लायन धीरज गुरुङका अनुसार धरान–१५ स्थित चुम्लुङ भवनमा भएको महाधिवेशनमा १० वटा जिल्लाबाट ७ सयको हाराहारीमा प्रतिनिधि तथा अतिथिहरुको सहभागिता थियो । कार्यक्रमको उद्घाटन डाइरेक्टर एवं इन्जिनियर सञ्जय खेतानले गरेका थिए ।
कार्यक्रम उद्घाटनअघि विभिन्न जातजातिको बाजागाजासहित झाँकी पनि निकालिएको थियो । रयालीमा रोयल इस्टर्न इनफिल्ड ग्रुप, पञ्चेबाजा, डिस्ट्रिक ३२५ सी ग्रुप, धरान लायन्सका गभर्नर किरात जातिको साकेला समूह, लिम्बू जातिको च्याब्रुङ समूह, नेवारी समुदायको धिमे बाजा समूह, साइक्लिङ धरान ग्रुप र सुरक्षा टोली समेतको सहभागी रहेको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

‘

प्रकाशित मिति: जेष्ठ १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend