Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले बजेटमार्फत खुलायो जग्गाको कित्ताकाट, २५ हजारलाई जग्गाधनी पुर्जा वितरण गर्ने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८०, सोमबार
सरकारले बजेटमार्फत खुलायो जग्गाको कित्ताकाट, २५ हजारलाई जग्गाधनी पुर्जा वितरण गर्ने

धरानः सरकारले रोकिएको कित्ताकाट खुला गरेको छ।
सोमबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाँट खुला गरेको बताए।
केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो।
तर, जग्गाको वर्गीकरण कसरी गरिन्छ भन्ने उनले खुलाएका छैनन्।
कागज र कपडाको झोलाको प्रयोगका लागि प्रोत्साहन गर्ने अर्थमन्त्री महतले बताए।
सरकारले भूमि आयोगमार्फत आगामी आर्थिक वर्षमा २५ हजार जनालाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । सुकुम्बासीको लगत संकलन गरी उनीहरूको आवश्यक वर्गीकरण गरेर जग्गाधनी पुर्जा वितरण गरिने अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिएका हुन् ।
देशभर रहेका सुकुम्वासीहरूले ओगटेको जग्गाको नापजाँच गरि आवश्यकताअनुसार सो जग्गाको लालपुर्जा वितरण गरिने उनले बताए ।
आर्थिक वर्ष २०८०÷८१ को वजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले वैज्ञानिक रुपमा जमिनको वर्गिकरण हुने समेत बताएका थिए ।

प्रकाशित मिति: जेष्ठ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend