Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब ५० लाख रुपैयाँभन्दा बढी कमाउनेले सरकारलाई ३९ प्रतिशत आयकर तिर्नुपर्ने

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०८०, मंगलबार
अब ५० लाख रुपैयाँभन्दा बढी कमाउनेले सरकारलाई ३९ प्रतिशत आयकर तिर्नुपर्ने

धरानः सरकारले वार्षिक ५० लाख रुपैयाँभन्दा माथि आम्दानी गर्ने व्यक्ति र प्रोप्राइटरसीप फर्मलाई लाग्ने आयकरको सीमा बढाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अब यस्तो आम्दानी हुने व्यक्ति तथा प्रोप्राइटरसीप फर्मले ३९ प्रतिशत आयकर असूल गर्ने बताए ।
यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथिको आम्दानी हुने प्राकृतिक व्यक्तिलाई ३६ प्रतिशत आयकरको सीमा रहेको थियो । २० लाख रुपैयाँभन्दा तलको सीमा भने चलाइएको छैन ।

प्रकाशित मिति: जेष्ठ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend