Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरको छतबाट खसेर बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०८०, शुक्रबार
घरको छतबाट खसेर बालिकाको मृत्यु

खोटाङ: खोटाङको दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको ज्यान गएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाट खसेर मृत्यु भएको हो ।
बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend