Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उफ ! कस्तो गर्मी, मोही र जुस खाने बढे (३९ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०८०, शुक्रबार
धरानमा उफ ! कस्तो गर्मी, मोही र जुस खाने बढे (३९ तस्वीर र भिडियोसहित)

धरानः विगत केही दिनयता धरानमा उखरमाउलो गर्मी छ । अत्याधिक गर्मी बढ्दै गइरहँदा यहाँको जनजीवनमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।
धरानमा शुक्रबार ३४ डिग्री सेन्टीग्रेड तापक्रम मापन गरिएको छ । गर्मीकै कारण धरानमा जेठ १८ गतेदेखि जेठ २४ गते सातदिनसम्म धरानका सबै विद्यालयहरुलाई विदा दिइएको छ ।
गर्मीयाममा गर्मीको महसुस गर्नु सामान्य भएपनि यसपालि भने गर्मीका कारण कार्य सम्पादन गर्नसमेत असहज हुँदै गएको सर्वसाधारणको भनाइ रहेको छ । गर्मीका कारण विशेषगरी बाहिरी घाममा काम गर्नेहरुलाई बढी प्रभाव परेको छ । ‘दिउँसो घाम चर्किएर असाध्यै गर्मी हुन्छ, गर्मीका कारण व्यवसाय पनि हुँदैन’ धरानका व्यवसायी प्रविन श्रेष्ठले भने, ‘गर्मीका कारण अहिलेसम्म व्यापार नै हुन सकेको छैन ।
जलवायु परिवर्तनका कारण यो वर्ष समयभन्दा पहिले नै अत्याधिक गर्मीको महसुस गरिएको विज्ञहरु बताउँछन् । धरानलगायत देशभर नै केहीदिन पानी नपर्ने मौसमविद्हरुले बताएका छन् भने यस वर्ष मनसुन समेत ढिलो भित्रिने संकेत गरेका छन् । जसका कारण यहाँ थप गर्मी बढ्ने सम्भावना छ । वैशाख महिना शुरू भएसँगै बिहानैबाट गर्मीको महसुस हुन थालेको र अहिले आएर अत्याधिक गर्मी बढेको सर्वसाधारण बताउँछन् ।
गर्मीका कारण बजारमा मानिसहरुको चहलपहल पनि कम भएको छ । प्रायः मानिसहरु बेलुकाको समयमा बजारतिर जाने गरेका छन् । दिउँसोको समयमा बजारमा किनमेलको लागि निस्किएकी धरानकी सपना राई एकैछिनमा पसिनाले निथ्रुक्क भिजेको सुनाइन् । ‘दिउँसोमा त बजार घुम्न निस्कन नसकिने रहेछ । बजारमा यसो किनमेल गरौं भनेर निस्केको गर्मीले गर्दा ‘फेन्ट’ नै भइएला जस्तो भयो ।’ उनी भन्छिन् ।
गर्मीयाममा घाममा हिँड्दा छाता प्रयोग गर्ने, शीतल ठाउँमा बस्ने तथा पर्याप्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नु उत्तिकै आवश्यक रहेको चिकित्सकहरुको सुझाव रहेको छ । भू–चापीय रेखाको प्रभाव परेकाले पश्चिम र मध्य नेपालभन्दा पूर्वमा गर्मी कम छ ।
यसैबीच गर्मी मौसममा चिसो पेय पदार्थका रुपमा मोही र जुसको प्रयोग बढ्न थालेको व्यवसायीहरु बताउँछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ १९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend