Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ३०० पुग्यो

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ३०० पुग्यो

धरानः सु्नको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन १ लाख १२ हजार ७५० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार ५ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी १४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend