Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भगवती स्कुलमा डा. प्रशान्तद्वारा निःशुल्क परीक्षण

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
धरानको भगवती स्कुलमा डा. प्रशान्तद्वारा निःशुल्क परीक्षण

धरानः परिवर्तनको लागि सामाजिक अभियानद्वारा आयोजित सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औं संस्करण सम्पन्न भएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा परीक्षण गरिएको कार्यक्रममा ५१ जना विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
वाक फर एजुकेशनको सहकार्यमा आयोजित कार्यक्रममा वृद्धवृद्धा एवम् बालकको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । मुटुरोग, रक्तचाप र मधुमेहसम्बन्धी परीक्षण गरिने शिविरमा निःशुल्क सुगर परीक्षण र औषधि वितरण समेत गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालका अनुसार करिब २ वर्षदेखि यो कार्यक्रम निरन्तररुपमा आयोजना गरिएको छ ।
धरानका विभिन्न स्थानहरु तथा धरान बाहिर झापा गाउँपालिका, इनरुवा, बराहक्षेत्र समेतका ठाउँहरुमा यो कार्यक्रम गरिएको थियो । वीपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स श्वेता भण्डारीद्वारा रक्तचाप परीक्षण गरिएको यस कार्यक्रमका संयोजक शुशिर बराल रहेका छन् ।
वाक फर एजुकेशन मर्निङ वाक गर्ने युवाहरुको समूह हो । यस समूहले शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु गर्ने गर्दछ । एजुकेशनका सदस्य प्रकाश श्रेष्ठले यस्ता कार्यक्रमहरुमा सहकार्य गर्न पाएकोमा अभियानप्रति आभार समेत प्रकट गरे ।
अभियानका अभियन्ताहरु वर्षा अग्रवाल, हेम ढकाल, निशान नेपाल, राजु फुयाँलको सहभागिता रहेको शिविर धरान–१३ स्थित भगवती आधारभूत विद्यालयमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend