Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका लेखापालको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका लेखापालको मृत्यु

धरानः जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार शनिबार बिहान विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिएका ढकालको काठमाडौंंस्थित वर्न हस्पिटल लैजाने क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
लेखापाल ढकालले बिषादीजन्य पदार्थ सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँलाई आगो लगाएको खुलेको जबराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबराले बताए ।

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend