Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चोरी-तस्करीमा संलग्न समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
चोरी-तस्करीमा संलग्न समातिए

विराटनगरः मोरङको विराटनगर–५ बाट अवैध रजनीगन्धा र तुलसीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अवस्थामा फेला पारी चोरी–तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउँपालिका–६ सुनसरीका २६ वर्षीय दीपककुमार साह, २६ वर्षीय गुरुदेव साह र विराटनगर–५ का ४२ वर्षीय अरुण यादव समेतलाई को१३प ५०८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका–२ स्थितमा अवैधरुपमा भारतबाट भन्सार छली चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख ६ हजार मूल्य बराबरको १८० पिस कुर्ता–सलवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend