Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वरिष्ठ प्रहरी हवल्दार बाटोमै मृत फेला

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
वरिष्ठ प्रहरी हवल्दार बाटोमै मृत फेला

ताप्लेजुङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।
सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकैबेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले उनी छारेरोगबाट पीडित रहेको बताए ।
मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend