Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०८०, सोमबार
तीन दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

उदयपुर: त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।
बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाई बेपत्ता भएको जाहेरी दिएको बताए ।
स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए ।
बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend