Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मा प्रहरी चौकी स्थापना हुने, भवन धमाधम बन्दै

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०८०, सोमबार
धरान-१६ मा प्रहरी चौकी स्थापना हुने, भवन धमाधम बन्दै

धरानः धरान-१६ मा प्रहरी चौकी स्थापना हुने भएको छ ।
यसका लागि अहिले पनि भवन निर्माण कार्य धमाधम भइरहेको वडाध्यक्ष मुरारी भट्टराईले जानकारी दिए ।
धरान–१६ को नौलो वस्ती (हालको स्वास्थ्य चौकी भवनसँग टाँसिएको जग्गा) मा सो भवन निर्माण भइरहेको हो । पहिलादेखि नै आपराधिक क्रियाकलाप बढ्दो रहेको र भविष्यमा समेत आपराधिक घटना उच्च रहेको कारण प्रहरी चौकी स्थापना भएको उनले जानकारी दिए । ‘अहिले पनि प्रहरी राख्न समस्या छैन’, वडाध्यक्ष भट्टराईले भने, ‘स्वास्थ्य कार्यालयको भवनमै पनि प्रहरी राख्न सकिन्छ तर सम्बन्धित निकाय तात्तिनुपरयो ।’
उनले प्रहरीका लागि आफ्नै भवन निर्माण भइरहेको जानकारी दिए । ‘हाउसपेटी उठिसकेको छ, पिल्लर बसिसकेको छ’, उनले भने, ‘चारकोठे भवन बन्नेछ, किचनसहितको व्यवस्थित भवन बन्दैछ ।’ २०७९÷०८० मा १० लाख रुपैयाँ छुटयाइएको र सो बजेटमार्फत् भवन निर्माण भइरहेको बताए । ‘भवन निर्माणका लागि करिब ३० लाख रुपैयाँ लाग्ने देखिन्छ, धरान उपमहानगरपालिकालाई पनि गुहार्छु, यस्तै, सांसदहरुले पनि सहयोग गर्छौं भनिरहनुभएको छ’, उनले भने, ‘बजेट जुट्छ होला र भवन पनि निर्माण भइसक्छ होला ।’
धरान उपमहानगरपालिकाको केहीदिनअघि बसेको कार्यपालिका बैठकबाट समेत सम्बन्धित निकायमा सिफारिस गर्ने सर्वसम्मतले निर्णय भइसकेको छ ।
यहाँ प्रहरी चौकी स्थापना भए धरान–१६, ११, १३ र २० वडालाई कभर गर्ने उनको भनाइ छ । ‘यी वडाहरु रिमोट एरिया पनि भयो, आपराधिक क्रियाकलाप गर्ने पारीपट्टि भाग्ने आदि समस्या छ’, उनले भने, ‘यसका लागि प्रहरी चौकी स्थापना हुँदैछ, हाल सिसी क्यामेरा पनि जडान भइरहेको छ ।’

प्रकाशित मिति: जेष्ठ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend