Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउने सडकमा यात्रुले जथाभावी मिल्काइएका फोहोर टिप्दै भेडेटारबासी, जिरोप्वाइन्ट, सर्दु जलाधार र भेडेटारसम्मको ५० बोरा फोहोर टिपे

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०८०, सोमबार
धरान आउने सडकमा यात्रुले जथाभावी मिल्काइएका फोहोर टिप्दै भेडेटारबासी, जिरोप्वाइन्ट, सर्दु जलाधार र भेडेटारसम्मको ५० बोरा फोहोर टिपे

धरानः भेडेटारबासीले यस वर्ष पनि फरक तरिकाले वातावरण दिवस मनाएका छन् । उनीहरुले धरानको जिरोप्वाइन्टदेखि सर्दुजलाधार क्षेत्र र भेडेटारसम्मको फोहोर, प्लाष्टिकजन्य वस्तु टिपेका छन् ।
आयोजक संस्था वातावरण तथा पर्यटन विकाश केन्द्रकी कार्य समिति सदस्य लक्ष्मी प्रधानका अनुसार पर्यटकीय क्षेत्र र सर्दु जलाधार क्षेत्रभित्र पर्ने धरान–धनकुटे सडकमा यात्रुहरुले जथाभावी फालेका प्लाष्टिकका बोतल र झोलाहरुले नाला, जंगल ढाकिन लागेको हुनाले लोकमार्गअन्तर्गत जिरो प्वाइन्ट, सर्दु जलाधार क्षेत्रदेखि भेडेटारसम्म रहेको लोकमार्गको प्लाष्टिकजन्य वस्तु र अन्य फोहोरमैला तीनदिनसम्म लगाएर टिपिएको छ ।
‘प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री सामग्रीको उपयोग गरौं’ भन्ने विश्व वातावरण दिवसको नारालाई सफल पार्न भेडेटारबासीले कोशी लोकमार्गमा मिल्काइएका प्लाष्टिक र फोहोरजन्य सामग्रीहरु टिपेर मनाएका हुन् ।
झण्डै सय जनाको सहभागितामा भएको सफाई कार्यक्रमको पहिलो दिन बिहान भेडेटार बजारदेखि विगबुद्ध छेऊसम्म सफाइ भएको थियो । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र उपाध्यक्ष मुना राईको अगुवाइमा भएको सो कार्यक्रममा स्थानीय आमा समूह, होटल एशोसियसनका पदाधिकारी, व्यापारी, नेपाल आर्मी, प्रहरीका जवानहरु सामुदायिक वनका पदाधिकारीहरु, आदिवासी जनजाती महासंघका प्रतिनिधी, किरात राई यायोख्खा भेडेटारका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सफाइबाट ५० बोरा प्लाष्टिकजन्य फोहोरहरु संकलन भएको सागुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले वताए । सफाइपछि स्थानीय शंखपार्कमा भएको एक औपचारिक कार्यक्रममा धरानका ४ जना कवाड सामानका व्यापारी र ७ जना कवाड सामान संकलकहरुलाई टिक अविर खादा लगाएर अध्यक्ष रुम्दाली र उपाध्यक्ष राईले सम्मान गरेका थिए ।
उनीहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याउने वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल) का अध्यक्ष आनन्द श्रेष्ठले शहर बजारलाई कवाडखान हुनबाट बचाउने अनि फोहोरलाई मोहरमा रुपान्तरण गरेर धेरैलाई रोजगार सिर्जना गर्ने, सरकारलाई राजश्व तिर्ने महत्वपूर्ण भुमीका निभाउने कवाड सामानका व्यापारीहरु र संकलनहरुलाई अब समाजले इज्जत सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै धरानमा २५ वर्षदेखि कवाडको व्यवसाय गर्दै आएका व्यापारी त्रिपुरादीप्रसाद जैसवालले आफूहरुले शहरको पुराना सामानहरुलाई किनेर सरकारलाई राजश्व तिर्ने र धेरेैलाई रोजगारी दिँदै आएको तर धरान उपमहानगर पालिकाले आफूहरुलाई फोहोरी भन्दै खेदाउन लागेकोमा दुःख लागेको बताए ।
भेडेटार पर्यटक क्षेत्र भएकोले यहाबाट निस्कने फोहोर मैलाहरुलाई व्यवस्थापन गर्न आफूलाई अप्ठायारो परिरहेको वेला धरानका कवाड व्यवसायीहरुलाई सम्मान गरी उनीहरुबाट सुझाव लिन पाउँदा आफूलाई खुशी लागेको बताउँदै लोकमार्गको सफाइ कार्यक्रमलाई निरन्तरता दिने वचन दिएका थिए ।
सेड नेपालको आयोजना र पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ को सहयोगमा सञ्चालित सो सफाइ कार्यक्रममा पहिलोदिन विभिन्न सामाजिक संघ संस्थाहरु सहभागी रहे पनि दोश्रो र तेश्रो दिन भने कवाड सामानहरु संकलन गर्दै हिँड्ने युृवालाई पारिश्रमिक दिएर खटाइने ा सेडका सदस्य विशाल भण्डारीले बताए ।

 

प्रकाशित मिति: जेष्ठ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend