Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निःशुल्क आँखा शिविर

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०८०, शनिबार
धरानमा निःशुल्क आँखा शिविर

धरानः धरान–१५ स्थित होटल सेछको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविर शनिबार सूर्य आई केयर आँखा अस्पताल, धरान–१२ को प्रविधिक सहयोगमा, धरान–१५ को सिद्धकाली मार्गस्थित होटल सेछमा सम्पन्न भएको हो ।
शिविरमा जेष्ठ नागरिक लगायत १२७ जनाले आँखा परीक्षण गरेका थिए । बालकालिका र जेष्ठ नागरिकहरुलाई विशेष प्राथमिकता दिई सम्पन्न गरिएको शिविरमा जाँच गरिएको बिरामीमध्ये १६ जनामा मोतियाबिन्दु भएको, २४ जनाले चश्मा लगाउनुपर्ने, ५४ जनाको पुनः चेकजाँच गर्नुपर्ने, १९ जना कमजोर दृष्टि, १० जनाको आँखाको प्रेसर एवं एक्सरे गर्नुपर्ने, ११ जनाको सर्जरी गर्नुपर्ने भएका भेटिएको थियो । प्रायः सबै जेष्ठ नागरिकहरुमा केही न कही आँखा सम्बन्धी समस्या हुने र ४० वर्ष माथिकाहरुमा आँखाको दृष्टिमा समस्या आउने भएतापनि मोबाइल धेरै हेर्नाले मन्टेश्वरी तथा प्राथमिक तहका विद्यार्थीहरुको पनि आँखासम्बन्धी धेरै समस्या देखिएको सूर्य आई कियर धरान १२ की वरिष्ठ आँखारोग विषेशज्ञ डा. इच्छा जोशी सोनीले बताइन् ।
यस्ता निःशुल्क स्वास्थ्य शिविर सामाजिक संघ संस्था, टोल विकास संस्था र वडा कार्यालयहरुले संचालन गर्दै आएकोमा होटल सेछ व्यावसायिक संस्था भएता पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न शिविरको आयोजना गरिएको होटल सेछका संचालक पर्यटन व्यवसायी बासुदेव वरालले बताए ।
शिविरमा भिजन टेष्ट, चस्मा परिक्षण, प्रेसर टेष्ट, सुगर टेष्ट, निःशुल्क औषधि वितरण गरिनुका साथै सूर्य आई कियर आँखा अस्पतालका बरिष्ठ आँखारोग विशषज्ञ डा. इच्छा जोशीसहितको टिमले आँखा रोगको परीक्षण गर्नु भएको थियो ।
यस किसिमको आँखा शिविरबाट विभिन्न कारणबाट अस्पतालसम्म पहुँच पुग्न नसकेकाहरुमा राम्रो सुविधा पुग्ने र मोतियाविन्दु भएकाहरुको सर्व सुलभ तरिकाले अपरेशन गरी आँखा देख्न सक्ने भएकाले आफूहरुले समन्वयकारी भूमिका निर्वाह गरेको कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ र परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए । आफ्नै टोल छिमेकमा आँखा सम्बन्धी विशेषज्ञ सेवा पाउन सकेकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला बज्राचार्य, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, धरान जेसीजका पूर्व अध्यक्ष अतुलदीप श्रेष्ठ र मनिष शाहीलगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: जेष्ठ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend